Tuesday, January 10, 2012

चिनियाँ प्रधामन्त्रीको नेपाल भ्रमण छिट्टै हुने

        उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ प्रधानमन्त्री वेन जिआवाओको स्थगित नेपाल भ्रमण छिट्टै तय हुने बताएका छन् । चीन सरकारले कुटनीतिक माध्यमबाट भ्रमणको मिति तय गरिने जानकारी गराएकाले द्विपक्षीय समझदारीअनुसार छिट्टै सकारात्मक निर्णय हुने उनले बताए ।

व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिको आज बसेको बैठकमा उनले कुटनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर चिनियाँ प्रधानमन्त्रीको भ्रमणको नीति तय हुने बताउनुभएको हो । अन्य देशको नीतिको प्रभावमा परेर चिनियाँ प्रधानमन्त्रीको भ्रमण स्थगित नभएको दाबी गर्दै परराष्ट्रमन्त्रीले सरकारको कुटनीतिक कमजोरीले पनि स्थगित नभएको जीकिर गरे । प्रधानमन्त्री बाबुराम भर्ट्टराइले भ्रमणको प्रशंग कोट्याएपनि सरकारले चिनियाँ प्रधानमन्त्रीको मिति कहिल्यै सार्वजानिक नगरेकाले यसलाई कुटनीतिक विफलता भन्न नसकिने दाबी समेत गरे ।

चीन सरकारले आन्तरिक कारणले भ्रमण स्थगित गरेका कारण अनावश्यक आशंका गर्नुको औचित्य नहुने उनको भनाइ थियो । मन्त्री श्रेष्ठले हङकङमा रहेका झण्डै ३१ हजार नेपाली कामदारलाई भइरहेको समस्या सन्दर्भमा प्रभावकारी कुटनीतिक पहल गर्ने आश्वासन जनाए । बैठकमा सभासद्हरुले भने चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण स्थगित हुनुको वास्तविक तथ्य अहिलेसम्म सार्वजानिक नगराएकोप्रति आपत्ति जनाएका थिए । सरकारको कुटनीतिक विफलताका कारण चिनियाँ प्रधानमन्त्रीको भ्रमण स्थगित भएको सभासद्हरुले आरोप लगाए ।

माओवादीका सावित्रीकुमार काफ्ले, नेपाली कांगे्रसका कमला थापालगायतले सरकार कुटनीतिक रुपमा असफल भएको दाबी गरे । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका चन्दि्रकाप्रसाद यादवले चिनियाँ प्रधानमन्त्रीको भ्रमण अचानक अवरुद्ध हुनुको वास्तविकता सरकारले अहिलेसम्म पनि जानकारी नगराएकोप्रति आलोचना गरे । उनले सरकारी दाबी हास्यास्पद भएको जीकिर गर्दै वास्तविक तथ्य समितिलाई जानकारी गराउन माग समेत गरे ।
http://www.onsnews.com/index.php?pagename=topstories&id=12249&utm_source=twitterfeed&utm_medium=facebook 

No comments:

Post a Comment